logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यसपालीको दशैंमा नयाँ नोट वितरण होला कि नहोला ?


अंकुरण खबर
702
Shares

यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउने/नपठाउने विषयमा राष्ट्र बैंक नै अन्योलमा परेको छ ।

कोरोना भाइरसको महामारीका कारण पहिले जस्तो  दशैंमा रमझम नहुने पक्का छ, त्यसैले राष्ट्र बैँकले पनि नयाँ नोट वितरणको बारेमा निर्णय गर्न सकेको छैन । नयाँ नोट वितरण गर्दा भीडभाड हुन सक्ने भएकाले नोट वितरण नै नहुन सक्ने सम्भावना पनि छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले भने, ‘दशैंमा थप रौनक थप्नको लागि नयाँ नोट बजारमा पठाउने चलन हो, तर यसपटक रौनक बढाउनेभन्दा पनि कम गर्नुपर्ने बाध्यता रहेको छ, त्यसैले हामी नै कन्फ्यूजमा छौँ, नयाँ नोटबारे निर्णय भएको छैन ।’

नयाँ नोट बजारमा पठाउँनासाथ नागरिक लाइन लाग्ने सम्भावना रहेकाले नोट पठाउनु पनि जोखिम नै रहेको कार्यकारी निर्देशक भट्टको भनाइ छ ।