काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।