logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ६ सहित थप १६ कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
832
Shares

एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको छ ।

११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

दैनिक मृत्युमा यो संख्या अहिलेसम्मकै धेरै हो ।