logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
923
Shares

पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ४८ हजार ६१ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ३४ हजार ९ सय ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार  १ सय ४२ रहेको छ।