कोरोना भाइरस संक्रमित ३७ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
प्रदेश १ मा दुई, बागमती प्रदेशमा ३२ र प्रदेश ५ मा तीन जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै २२३ जना आईसीयूमा उपचाररत छन्। प्रदेश १ मा ११, प्रदेश २ मा २० र बागमती प्रदेशमा १३३ जना आईसीयूमा छन्।
गण्डकीमा ६, प्रदेश ५ मा ३८ र कर्णाली प्रदेशमा १५ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ।