logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि


अंकुरण खबर
806
Shares

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार विहान १०:४५ बजे प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र र  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार कास्कीको पोखरा महानगरपालिकामा आठ जना संक्रमित भएका छन् । संक्रमितहरु वडा नम्बर १७, १५, २०,  र २७ मा एक–एक जना र वडा नम्बर १० मा एक ७ वर्षीया बालिकासहित दुईजना रहेका छन् ।

कास्की कै अन्नपूर्ण गाउँपालिकामा एक जना संक्रमित भएका छन् । स्याङ्जामा तीन जना संक्रमित थपिएका छन् । वालिङ वडा नम्बर ११ र १४ का एक–एक जना र गल्याङ वडा नम्बर २ का एक जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा एक जना, म्याग्दीमा एक जना, तनहुँमा चार जना, लमजुङमा पाँच जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ५ सय ४८ पुगेको छ ।