logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ४५३ पुगेको छ।

मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला र ८० वर्षीय, ७९ वर्षीय र ७५ वर्षीय पुरुष रहेका छन्।

यस्तै, मोरङका ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीका ८१ वर्षीया महिला र धनुषाका ६८ वर्षीया र ७० वर्षीय पुरुषको मृत्यु भएको छ।

यसैगरी, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय महिला र ८४ वर्षीय पुरुष, धादिङका ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।