लगातार ३ दिन घटेको सुनको मूल्य आज भने एकै दिन ८ सयले बढेको छ ।
नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।
यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेर आज प्रतितोला १,१६० रुपैयाँमा कारोबार भइरहेको छ ।