logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसिड छ्यापे २० वर्ष कैद, अध्यादेश पारित


अंकुरण खबर
793
Shares

सरकारले एसिडको बिक्रि वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न अध्यादेश पारित गरेको छ।

बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसिडको बिक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले अध्यादेश शुक्रबार नै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिने जानकारी दिइन् ।

‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको छ,’ उनले भनिन्, ‘अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ।’

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पेश गरेको अध्यादेशमा एसिड आक्रमणको कसुरलाई जघन्य कसुर का रुपमा परिभाषित गरिएको छ।

कसैको एसिड आक्रमणबाट मृत्यु भएमा जन्मकैद ९२५ वर्ष० सम्म कैद हुने प्रावधान अध्यादेशमा छ। एसिड आक्रमण गरेर सामान्य क्षति पुगे पनि कसुरदारलाई न्युनतम दश वर्षसम्म कैद हुने, सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने, पालन पोषणको गराउने जस्ता विषय समेटिएका छन्।

एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय र १० लाख क्षतिपूर्ति भराउने लगायतका विषय समावेश गरिएको छ ।