logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई लाख नगदसहित १९ जुवाडे पक्राउ


अंकुरण खबर
767
Shares

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ११ लोहारपुर बस्ने तेज बहादुर ऐरको खाजाघरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय एकिन्द्र सुनार लगायत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ४४ हजार १ सय ८० रुपैयाँ, १३ वटा तासको गड्डी सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।