प्रदेश नं १ मा आजबाट मौसम सुधार हुँदै जाने भएको छ । केहिदिनबाट निरन्तर परिरहेको झरि आजबाट सकिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आइतबार आज वर्षा हुने भएपनि आजबाट पुनः मौसम सुधार हुँदै जानेछ । न्यून चापीय प्रणालीका कारण भइरहेको निरन्तरको वर्षा भने आजबाट प्रदेश नं. १ मा पनि अन्त्य हुने भएको हो ।
त्यस्तै झरि अन्त्य भएपनि सक्रिय मनसुन भने करिब एकसातासम्म रहने विभागको अनुमान रहेको छ । त्यस्तै आज साँझपख काठमाडौं उपत्यकामा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आइतवार राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा तथा बाँकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।