१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा माथागढी गाउँपालिका-५ ओखलढुङ्गा बस्ने ४५ वर्षीय ईन्द्रबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई घरमा कोही नभएको अवस्थामा मंगलबार बलात्कार गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी पक्राउ गरेको हो ।
ती किशोरीलाई बिहीबार बलात्कार गर्ने अर्का ४२ वर्षीय पुरुष पनि रहेको र हाल उनी फरार रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।