पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन् ।
आज मन्त्रालयका अनुसार १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ८८ हजार ३ सय २७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।