दुई पूर्वप्रधानन्यायाधीश नागरिक समाजका ३३ अगुवाले डा. गोविन्द केसीको जीवनरक्षाका लागि अपिल गरेका छन् ।
पूर्वप्रधान्यायाधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले डा. केसीको स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उनको जीवन रक्षा गर्न र उनले उठाएका माग पूरा गर्न सरकारसँग अपिल गरेका हुन् ।
उनीहरूको संयुक्त अपिलमा उल्लेख छ, ‘संविधानले नै निर्दिष्ट गरेका स्वास्थ्य, शिक्षा जस्तो नागरिकका आधारभूत मानव अधिकारको विषय लागू गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनशनमा बस्नुपर्ने अवस्था दुःखद हो ।’
उनीहरूले डा. केसीसँग विगतमा पटकपटक गरेका सम्झौता कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।


