logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन, छ जना पक्राउ


अंकुरण खबर
702
Shares

चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान काठमाडौंको टंगालस्थित दूतावास अगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो । नेपालको हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित उनीहरूले दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।

नेविसंघका नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई पक्राउ गरेर प्रहरीले मालीगाउँमा राखेको काफ्लेले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई विनाशर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ । नेविसंघका नेता मनिष सिंखडाका अनुसार ‘चिनौं सीमाना जोगाऔं माटो’ अभियान अन्तर्गत दूतावास अगाडि प्रदर्शन गरिएको हो ।

उनीहरूले हुम्लाको सीमा क्षेत्र पुगेर सरकारी टोलीले हालै गरेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन् ।