logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पूर्व सभापति हरिप्रसाद रायको निधन


अंकुरण खबर
2.665K
Shares

पूर्वसांसद एवं नेपाली कांग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ ।

मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मिएका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

पछि उनी तमलोपामा केन्द्रीय सदस्य बनेका थिए भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उनी सक्रिय रहेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।