logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धारिलो हतियार प्रहार गरी धनुषामा एक वृद्धको हत्या


अंकुरण खबर
1.183K
Shares

काठमाडौंं – धनुषामा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । गए राति धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको  हतियार प्रहार गरी हत्या गरिएको हो ।

तारापट्टी बजारबाट करीब सवाँ ८ बजे तरकारी किनेर घर फर्किदै गर्दा मिथिला विहारी नगरपालिका–८ कचुरी सडकखण्डमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले शर्माको घाँटीमा छुरा प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।