logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई बालिका बलात्कार प्रयासको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
884
Shares

काठमाडौं – दुई बालिकामाथि बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष सुनार रहेका छन् ।

आइतबार दिउँसो सोही स्थानका छ वर्षीया बालिका र अर्की १२ वर्षीया बालिकामाथि सुनारले बलात्कार प्रयास गरेका हुन् । दुई बालिकाहरुलाई फकाएर जंगलतर्फ लगी बलात्कार प्रयास गर्न लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।