logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १५१३ जनामा कोरोनाको संक्रमण पुष्टि, ७३१ जना डिस्चार्ज


अंकुरण खबर
624
Shares

नेपालमा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज मात्रै कोरोनालाई जितेर ७३१ जना घर फर्किएका छन् । योसँगै ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९१ जनाको मृत्यु भएको छ ।