logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु


अंकुरण खबर
1.56K
Shares

नेपालमा कोरोना संक्रमबाट पछिल्लो २४ घण्टायता १० जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । मृत्यु हुनेमा ३ महिला र ७ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सर्लाहीमा ७२ वर्षीया, बाँकेमा ७६ वर्षीया र काठमाडौंमा ५७ वर्षीया महिलाा रहेका छन् ।

त्यसै गरी मोरङमा  ६८ वर्षीय, महोत्तरिमा ५८ वर्षीय, काठमाडौंमा ६०, ७० वर्षीय, चितवनमा ५५ वर्षीय, बाँकेमा ५३ र ३९ वर्षीयको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल २१३ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।