logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो


अंकुरण खबर
2.275K
Shares

कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १५ सय १३ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको हो । अहिलेसम्मको संक्रमित संख्या भने ७६ हजार २५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ४९१ पुगेको छ।

देशभरका आईसीयूमा अहिले २१३ जना छन् भने भेन्टिलेटरमा ३४ जना छन्।