कोरोना भाइरसका कारण स्थगित भएको लोकसेवा आयोगको परिक्षा सञ्चालन हुने भएको छ ।
लोकसेवा आयोगले बुधबार एक सुचना जारी गर्दै कोरोनाका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाका अनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ ।
लोकसेवा आयोगको परिक्षाको थप जानकारी लिन तलको तालिका हेर्नुहोस्;
