logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

सुदूरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित


अंकुरण खबर
767
Shares

सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितमा कैलालीका २२, कञ्चनपुरका ५ , डोटीका एक, बैतडीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या एक हजार २४ पुगेको छ । जसमध्ये अछाममा ९७, बैतडीमा ८४, बझाङमा ११७, डडेल्धुरामा १२, दार्चुलामा ३०, डोटीमा १३६, कैलालीमा ५०१ र कञ्चनपुरमा ४७ जना रहेका छन् ।

अहिलेसम्म ६ हजार एक सय १० जना निको भएका छन् । अहिले विभिन्न अस्पतालमा ७९ कोरोना संक्रमितको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा कोरोनाबाट १६ जनाको मृत्यु भएको छ ।