मकवानपुरको हेटौंडामा ट्रयाक्टरलाई माइक्रोले ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
बुधबार बिहान हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा ना ५ त ७७०० नम्बरको ट्रयाक्टरलाई ना १ ज ८६८५ नम्बरको माइक्रोले पछाडिबाट ठक्कर ठक्कर दिएको हो।
ठक्करपछि दुबै गाडी पल्टिएको थियो। सो दुर्घटनामा घाइते भएका नौ जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए।
उनीहरूको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले बताए। दुबै चालक प्रहरी सम्पर्कमा रहेका छन् छन्।