logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुनचाँदीको भाउ, आज तोलामा कति पुग्यो ?


अंकुरण खबर
832
Shares

नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको भाउ घटेको छ ।

बुधबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि तोलामा २ सयले नै घटेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेर तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भइरहेको छ ।