logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना


अंकुरण खबर
676
Shares

केही सयमयता सक्रिय रहेको मनसुन आज पश्चिम नेपालबाट बाहिरिने अनुमान मौसमविद्हरुले गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कमजोर बनेको मनसुन केही मात्रामा पश्चिम नेपालबाट बाहिरिने छ । तर देशभरबाट मनसुन हट्न भने केही दिन लाग्ने अनुमान महाशाखाले गरेको छ ।

पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ ।

सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभरका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै तथा अरु प्रदेशका एकरदुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । अहिले देशभरिकै मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।