गण्डकी प्रदेशमा विहिबार थप ११ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना संक्रमितहरु थपिएका हुन् ।
नयाँ संक्रमितहरुमा बाग्लुङका ६ जना र नवलपरासी पूर्वका ५ जना रहेका छन् ।
नयाँ संक्रमितहरु बाग्लुङ जिल्ला, निसिखोलाका तिनैजना भारतबाट र गल्कोट-४ का २७ बर्षीय पुरुष रौतहट जिल्लाबाट आएका हुन् । नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली-२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् ।
अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३९२१ जना संक्रमित भएका छन् भने २७४२ जना निको भएका छन् । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।