logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको राजदूतमा युवराज खतिवडा सिफारिस


अंकुरण खबर
1.443K
Shares

सरकारले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गरेको हो । डा. खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका वरिष्ठ आर्थिक सल्लाहकार समेत हुन् ।

त्यस्तै सरकारले बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ । रेग्मीले बिहीबार नै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए ।

रेग्मीको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ ।