logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भैरहवामा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु


अंकुरण खबर
1.391K
Shares

कोरोनाबाट भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा एक व्यक्तिको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी सुशिल गुरुङका अनुसार सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको हो ।

फोक्सोमा निमोनियाबाट पीडित ती पुरुष कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा गत सोमबार अस्पतालमा भर्ना भएका थिए ।