logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

आधा किलो सुन भारत लैजाँदै गर्दा किशोरीसहित दुई जना पक्राउ


अंकुरण खबर
819
Shares

आधा किलो सुन भारत लैजाँदै गर्दा कपिलवस्तु प्रहरीले एक १५ वर्षीया किशोरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-५ बनकछियाबाट आधा किलो सुन लिएर भारततर्फ जाँदै गरेको अवस्थामा सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १५ वर्षीया बहिनी महिमा गुप्ता पक्राउ परेका हुन् ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

बरामद सुन र पक्राउ परेका दाजु-बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको उनले बताए ।