पूर्वराष्ट्रपति रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन् ।
शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डाक्टर केसीलाई भेटेका हुन् । विश्व अहिंसा दिवसका अवसरमा पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहमा बसेका डाक्टर केसीलाई भेटेका हुन् ।
सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ छ । उनले भने डाक्टर केसीले आम जनताका माग उठाउनुभएको छ । वार्ताबाट सरकारले समाधान खोज्नुपर्छ,’। लोकतान्त्रिक सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने उनले बताए ।
डाक्टर केसी १९ दिनदेखि अनसनमा छन् ।