कास्कीका सातजनासहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा सातजना संक्रमित भएका हुन् । त्यसैगरी लमजुङ र स्याङ्जामा दुई–दुई जना संक्रमित थपिएका हुन् ।
पोखरामा थपिएका संक्रमित सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति हुन् ।
अरू सबै कन्ट्रयाक्ट ट्रेसिङका क्रममा भेटिएका निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार नौ सय ८६ पुगेको छ ।