logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माछा मार्ने क्रममा खोलामा डुबेर सर्लाहीमा एक जनाको मृत्यु


अंकुरण खबर
1.989K
Shares

सर्लाहीमा माछा मार्ने क्रममा खोलामा डुबेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका-१४ बस्ने बाराको निजगढ घर भएका ३८ वर्षीय वीरबहादुर गोले रहेका छन् ।

सोही नगरपालिका वडा नम्बर-१२ स्थित लखनदेही खोलामा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।