logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित ३ घाइते, एकको अवस्था गम्भीर


अंकुरण खबर
1.43K
Shares

पृथ्वीराजमार्गमा शनिबार बिहान भएको ट्रक दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

एकजनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक पृथ्वीराजमार्गको चितवन इच्छाकामना गाउँपालिका–४ कुरिनटार आरएसआर होटल नजिकको मोडबाट बिहान पौने पाँच बजे सडकबाट तल त्रिशूली नदी किनारमा खसेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका–७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र ट्रकमा रहेका धादिङ थाक्रेका २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा घाइते भएका छन् । चितवन प्रहरीका अनुसार अर्जुनको अवस्थ गम्भीर छ । चालक, सहचालकको अवस्था सामान्य छ ।

घाइतेलाई उपचारका लागि धादिङ मलेखुको हाइवे अस्पताल लगिएको छ ।