बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक सुत्केरीको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी महेन्द्रनगर नगरपालिका-२ की २९ वर्षीया महिलाको आइतबार बिहान ४ : ३० बजे मृत्यु भएको हो ।
कैलालीको धनगढीस्थित सेती अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएपछि रक्तश्राव बढी हुँदा उपचारका लागि नेपालगन्ज लगिएकी महिलाको आइतबार बिहान नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
बच्चा जन्मिएपछि रक्तश्राव नरोकिदा उनको पाठेघरको अपरेशन गर्नु परेको थियो । उनलाई असोज १३ गते संक्रमण पुष्टि भएको थियो ।
योसँगै बाँकेमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या नौ पुगेको छ ।