logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञा तोडेर बुटवलमा विरोध प्रदर्शन


अंकुरण खबर
1.664K
Shares

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा सार्ने प्रदेश सरकारको प्रस्तावको विरोधमा आइतबार दुई दर्जन व्यवसायिक संस्थाहरुले रुपेन्देहीको बुटवलमा संयुक्त प्रदर्शन गरेका छन् ।

स्थानीय प्रशासनले आइतबार बिहानदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै व्यवसायिक संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि बुटवलका केही क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । तर, उद्योगी, व्यवसायी र सर्वसाधारण समेतले निषेधाज्ञाको उल्लंघन गर्दै विरोध प्रदर्शन गरेका छन् ।

आइतबार बुटवल राजमार्ग चौराहाबाट शुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने वक्ताहरुले कुनै भौतिक संरचना नै नभएको क्षेत्रमा राजधानी सार्ने प्रस्ताव गलत भएको बताए ।

बुटवलमा राजधानी बनाउने गरी तयार गरिएका संरचनामा करोडौं लगानी भइसकेको उल्लेख गर्दै उनीहरुले यहाँबाट राजधानी अन्तै सार्ने प्रस्ताव स्वीकार्य हुन नसक्ने बताए ।