logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै, कृत्रिम अक्सिजन दिन थालियो


अंकुरण खबर
1.742K
Shares

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई अक्सिजन सर्पोटमा राखिएको छ । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनसनरत डा. केसीलाई निरन्तर छाति दुख्नुको साथै स्वासप्रश्वासमा पनि समस्या भएपछि अक्सिजन सर्पोटमा राखिएको हो।

डा. केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर बाहिरबाट आउने आगन्तुकलाई भेटघाटमा रोक लगाइएको अस्पतालले जनाएको छ ।

२१ दिनदेखि अनसनरत उनले औषधिको प्रयोग गर्न मानेका छैनन् । चिकित्सा शिक्षा सुधारलगायतका माग गर्दै उनले जुम्लाबाट १९औं अनशन सुरु गरेका थिए ।