logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

कोसी अस्पतालमा उपचाररत ६२ वर्षीय संक्रमितको मृत्यु


अंकुरण खबर
1.378K
Shares

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड(१९ उपचार केन्द्र विराट मेडिकल शिक्षण अस्पतालमा उपचाररत उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबार श्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड–१९ उपचार केन्द्रमा रेफर गरिएको केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।  ती व्यक्तिमा मधुमेहको समस्या समेत थियो ।