logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्रालयको आग्रह ‘यस पालीको दशैं जहाँ छौं, त्यही मनाऔं’


अंकुरण खबर
1.391K
Shares

पछिल्लो समय कोरोना संक्रमणका घटना लगातार वृद्धि भइरहेको छ ।

दशैं तिहार नजिकिदै गर्दा कोरोना संक्रमण गाँउ गाँउमा पुग्ने र झन् स्थिती भयावह हुने जोखिम बढेको छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यही स्थानमा रहेर दशैं मनाउन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण बढिरहेकाले दशैंका लागि आवतजावत नगर्न अपील गरेका हुन । मन्त्रालयले कोभिडको संक्रमण तीब्र गतिमा बढिरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो।

प्रवक्ता डा. गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गरे । उनले स्वास्थ्य मापदण्डमा कडाई गर्दै जरिवाना गर्नेगरी प्रस्ताव गरिएको जानकारीसमेत दिए ।

दशैं नजिकिएसँगै शहरबाट गाउँ जानेको संख्या पनि बढेको छ । योसँगै गाउँगाउँमा कोरोना संक्रमित बढ्ने भन्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।