logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणमा नेपालले चीनलाई उछिन्यो


अंकुरण खबर
741
Shares

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चीनको भन्दा बढी भएको छ ।

पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्यामा नेपालले चीनलाई उछिनेको हो ।

वर्ल्डओमिटरको तथ्यांकअनुसार चीनमा आज (आइतबार) दिउँसोसम्ममा कोरोना संक्रमितको कुल संख्या ८५ हजार ४५० छ । नेपालमा भने संक्रमित संख्या ८६ हजार ८२३ पुगेको छ ।

मृत्युको मामलामा भने नेपाल निकै पछि छ । चीनमा हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएकोमा नेपालमा मृतकको संख्या ५३५ पुगेको छ ।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस संक्रमण देखा परेको थियो ।

नेपालमा पहिलो पटक गएको माघ ९ गते चीनको वुहानबाट आएका एक जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।