logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते


अंकुरण खबर
923
Shares

गुल्मीमा ट्याक्टर दुर्घटनामा परी सोमबार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमवाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर सोमबार बिहान बलीथुमको टापु भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ वस्ने वर्ष १६ का धन बहादुर माझीको मृत्यु भएको हो । उनको ट्याक्टरको चक्कामा च्यापिएर मृत्यु भएको हो ।

दुर्घटनामा परि दरवार एकका लाल बहादुर बुढा मगर र ट्याक्टर चालक कपिलबस्तुका रेशम ताम्राकार घाईते छन । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।