पाल्पामा सोमबार बिहानै ट्राभल हिस्ट्री नभएका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको रिपोर्ट अनुसार सोमबार बिहान तानसेनका ९ सहित १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पालपाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिका भित्रका ९ जना, रामपुरका नगरपालिका र रिब्दिकोट गाउँपालिकाका एक एक तथा अस्पतालमा रहेका एकजना गरि १२ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
योसंगै जिल्लामा हालसम्म ७ सय ६९ जनामा संक्रमण पुष्टि भएकोमा ६ सय ९५ डिचार्ज भएका छन भने ४ जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।