नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज छापावाला सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९४ हजारमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज पनि स्थिर रहदै एक हजार १ सय ८० रुपैयाँमा कारोबार भएको छ ।