logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा गाउँपालिका अध्यक्षसहित १० जनामा कोरोना


अंकुरण खबर
1.261K
Shares

सप्तरीको राजगढ गाउँपालिका अध्यक्षसहित १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबार आएको कोरोना परीक्षण रिपोर्टमा गाउँपालिका अध्यक्ष परमानन्द यादव र उनका परिवारका चार जनामा पनि कोरोना देखिएको छ । त्यस्तै, गाउँपालिकाको कृषि शाखाका संयोजक र अध्यक्षका चालकलाई पनि कोरोना देखिएको जनाएको छ ।

उनीहरुको दुई दिन स्वाब संकलन गरिएको थियो । अध्यक्षसहति १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, अन्य संक्रमितहरुमा राजगढ गाउँपालिका-३ का चार जना रहेका छन् । जसमा आठ वर्षीय बालकदेखि ६५ वर्षीय बृद्धसम्म छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार अन्य संक्रमित हुनेमा राजविराज नगरपालिका–६ का ४४ वर्षीय, सुरुङ्गा नगरपालिका–१ का ३२ वर्षीय, महादेवा गाउँपालिका–४ का २८ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका–७ का १६ वर्षीया महिला संक्रमित भएका छन् ।

योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या एक हजार तीन सय १७ पुगेको छ । संक्रमितहरुमध्ये १८ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक हजार ६२ जना संक्रमित निको भएका छन् ।