logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रसुति गृहमा २९ वर्षीया महिलाले एकैचोटी जन्माइन् ५ शिशु


अंकुरण खबर
1.17K
Shares

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले एकै पटक पाँच जना शिशुलाई शल्यक्रियामार्फत् जन्म दिएकी छन् ।

प्रसुति गृहमा २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी हुन् । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकोमा चार जना जीवित रहेको र एक जना शिशुको गर्भमै मृत्यु भइसकेको शल्यक्रियाका नेतृत्वकर्ता डा. कीर्तिपाल सुवेदीले जानकारी दिए  ।

डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एनआईसीयूमा निगरानीमा राखिएको र उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ ।

उनको सोमबार बिहान सल्लेक्रिया गरिएको थियो ।