logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ५६ लाख ९३ हजार नाघ्यो


अंकुरण खबर
832
Shares

विश्वमा एकैदिन दुई लाख ६२ हजार २ सय ९४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा संक्रमितको संख्या तीन करोड ५६ लाख ९३ हजार ४ सय ९२ पुगेको छ । त्यस्तै विश्वमा एकैदिन ४ हजार २ सय ७ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४५ हजार ८ सय ४९ पुगको छ । त्यस्तै दुई करोड ६८ लाख ५९ हजार ३ सय ६१ संक्रमित उपचारपछि निको भएका छन् ।