logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा महिलालाई बन्धक बनाइ हत्या गरेर फरार भएका व्यक्ति डेढ वर्षपछि पक्राउ


अंकुरण खबर
585
Shares

डेढ वर्ष अगाडि काठमाडौंमा एकजना महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–११ स्थायी घर भएका विनय श्रेष्ठ (माझी) भनिने सोमबहादुर राई छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले राईलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीबाट पक्राउ गरेको हो ।

राईले ५ जेठ २०७६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरमा महिलालाई बन्धक बनाएर हत्या गरेका थिए ।

सिन्धुपाल्चोकको कर्थली–३ घर भए काठमाडौंको जोरपाटी बस्दै आएकी ३६ वर्षीया पम्फा श्रेष्ठलाई राईले ललाइ फकाइ गोठाटारस्थित अस्थायी टहरोमा ल्याएका थिए ।

अस्थायी टहरोमा नै बन्धक बनाएर हत्या गरी बाहिरबाट ताला लगाएर राई फरार भएका थिए । काठमाडौंमा महिलाको हत्या गरे फरार भएका राईले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नेपाली नागरिकताको प्रमाण पत्र समेत लिएको देखिएको छ ।

अपराध मशाखाले पक्राउ परेका राईविरुद्ध आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाएको छ ।