logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश नम्बर ५ को नाम अब लुम्बिनी


अंकुरण खबर
2.756K
Shares

प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पास भएको छ ।

आज बसेको प्रदेश नम्बर पाँचको प्रदेश सभा बैठकमा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी प्रदेशको पक्षमा दुई तिहाइ मत परेको थियो ।

प्रदेशमा ८७ सांसद रहेका छन् । जसमध्ये आज ८३ सांसदले प्रदेशको नामांकनमा मत दिएका थिए । त्यसमध्ये लुम्बिनी प्रदेशको पक्षमा ७९ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो ।

यसअघि प्रदेशको राजधानी दाङ बनाइयोस् भन्ने प्रस्ताव पनि दुई तिहाइ मत परेको थियो । यससँगै अब प्रदेश नम्बर पाँचको नाम लुम्बिनी प्रदेश र राजधानी दाङ हुने भएको छ ।