logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
741
Shares

नेपालमा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १५५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर २३४० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंगै ६५७ हजार ५४२ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म ५६३ जनाको मृत्यु भएको छ ।