logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा टिपरको ठक्करबाट मोटरसाइकलमा चढेकी महिलाको मृत्यु


अंकुरण खबर
689
Shares

कपिलवस्तु शिवराज नगरपालिका-६ मा मंगलबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकलमा चढेकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाको सुनछहारी गाउँपालिका-७ खेवाङ घर भइ हाल शिवराज नगरपालिका-२ हल्लानगरमा बस्दै आएकी ४० वर्षीया सुनिता बुढा मगर रहेकी छिन् ।

चन्दौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ०४८१ नम्बरको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको ग १२ प ७१०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी सुनिताको शिवराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

मोटरसाइकल चालक भने सकुशल रहेका छन् । ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।